फागुन २७ काठमाण्डौ – गायक श्याम अधिकारीको व्यंग्यात्मक प्रस्तुति “कर पठायौ नेता ज्यु” बोलको गीत भर्खरै बजारमा आएको छ । असिमित सम्भावनाका स्रोत हुंदा हुँदै पनि नेपालमा सोचे जस्तो बिकास हुन कहिल्यै सकेन जनता जहिल्यै मार मै परि रहेका छन् । स्थानिय तहको चुनाब पछि देश बिकाशले गति पाउला भन्ने तमाम नेपालीहरुको सपना थियो । स्थानिय चुनाब सम्पन्न भयो,उत्साहि हुँदै भोट हालेर स्थानिय प्रतिनिधिहरु चुनियो , स्थानिय जन प्रतिनिधि हरुको रवाफ बड्यो,लुखुर लुखुर हिँडेर यात्रा गर्ने प्रतिनिधि राता रात ,कार र पल्सर बाइकमा हुईकिन थाले । जनप्रतिनिधिको रवाफ फेरियो, हैसियत फेरियो तर जनताको दुख कहिल्यै फेरिएन,झन जनता लाई करले ढाड सेकाइयो । हरेक बस्तुमा कर बढाइयो, यसै बिसयलाई आधार मानेर बहुप्रतिभाका धनी युवा गायक सिन्धुलीका श्याम अधिकारीले “कर पठायौ नेता ज्यु बिकास भनेर” बोलको अडियो तथा भिडियो बजारमा ल्याएका छन् ।

आत्म बिश्वास फिल्म्स प्रालीले सार्बजनिक गरेको यस गीतमा राधिका हमाल र श्याम अधिकारिको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा यादब देबकोटा ( सरापे) र सरु दहाल ( देउकी) को बेजोड अभिनयले देख्न सकिन्छ । बिशेश गरि राजनिती बिसङ्गतीलाई बिरोध गर्दै जनताको समस्या र गुनासो लाई मध्यनजर गर्दै देश बिकासमा लाग्न गीतले नेतालाइ सुझाब दिइएको छ । यस म्युजिक भिडियोको निर्देशन गायक श्याम अधिकारिलेनै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया