काठमाडौ । चलचित्र ‘हली’को शुभ साईत गरिएको छ । चिरायु फिल्मस प्रा.लि.को प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘हली’को राजधानीको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभ साईत गरिएको हो । नायक सरोज खनाल, प्रमोद दीप र नायिका सुजाता थापाले चलचित्रको मुहूर्त शट दिएका थिए ।

डडेलधुरा, डोटी, बजाङलगायतका रमणिय स्थानमा आगामी चैत्र दोस्रो साताबाट छायाँकन सुरु गरिने चलचित्रमा सरोज खनाल, प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटीलगायतका कलाकारको अभिनय रहने छ ।

प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल एरिया लिडर बालकृष्ण वर्लाकोटीले नरिवल फोडेर चलचित्रको शुभ साईत गरिएको थियो । समसामयिक बिषयमा आधारित चलचित्रमा गाउँ समाजमा घटेका सामाजिक घट्नालाई समेटिएको निर्देशक ओम प्रतिक गुरुङले जानकारी गराए । चलचित्रका निर्मातामा पूजा गुरुङ ‘गर्वि’, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछाने रहेका छन् ।

चलचित्रमा राहुल राईको छायांकन, कुमार महर्जनको द्वन्द्व तथा राम प्यासिको कोरियोग्राफी रहने छ । जीवनाथ गौतमको मुख्यसहायक निर्देशन रहने चलचित्रको प्रोडक्शन डिजाईनर अर्जन भूषाल हुन् ।

तपाईको प्रतिक्रिया