काठमाडौं । निर्देशनमा मात्र होइन, अभिनयमा पनि अब्बल सावित भएका छन्,निर्देशक हरि वाग्ले । सानु स्मित र पारस लामाको युगल गीत आई ल भ्यूमा मा हरिको अभिनय अब्बल दरिएको छ, भिडियो हेर्ने जो कोहि दर्शकको भनाई यहि छ । हरि अभिनयमा पोख्त भएपनि आफुलाई निर्देशनमै चिनाउन चाहान्छन् कारण उनको मेहेनत नै यहि क्षेत्रमा छ । उक्त गीतको भिडियोमा हरिसँग सुजता सुदेवीको जोडि निक्कै जमेको छ । उनीहरुसँगै भिडयोमा दामोदर गैरपिल्ले र रबिना कार्कीले अभिनय गरेका छन् । भिडियोको छाँयाकन जिवन पराजुलीले गरेका हुन् । भिडियोको निर्देशन कलाकार हरि वाग्ले स्वयले गरेका हुन् । भिडियोको सम्पादन विवश भण्डारी उत्कृष्ठ रुपमा गरेका छन् ।

तपाईको प्रतिक्रिया