सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमा ‘हली’को सोमबार राजधानीमा शुभमुर्हत गरिएको छ । चिरायु फिल्मसको प्रस्तुतिमा निर्माण हुने सिनेमाको राजधानीको ज्ञानेश्वरमा अवस्थीत ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभ साईतर्हत गरिएको हो । शुभमुर्हतमा अभिनेता सरोज खनाल, प्रमोद दीप र नायिका सुजाता थापाले मुर्हत सर्ट दिएका थिए ।
।समसामयिक बिषयमा आधारित चलचित्रमा गाउ समाजमा घटेका सामाजिक घटनालाई समेटिएको निर्देशक ओम प्रतिक गुरुङले जानकारी दिए । चलचित्रलाई निर्देशक गुरुङले नै लेखेका हुन । निर्मात्री पुजा गुरुङ ‘गर्वि’का पुत्र सचित गुरुङको जन्मदिनको अवसर पारेर चलचित्रको मुहूर्त गरिएको निर्माणपक्षले बताए । चलचित्रका निर्मातामा पूजा गुरुङ, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछाने रहेका छन ।डडेलधुरा, डोटी, बजाङलगायतका रमणिय स्थानमा आगामी चैत्र दोस्रो साताबाट छायाँकन सुरु गरिने चलचित्रमा सरोज खनाल, प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटीलगायतका कलाकारको अभिनय रहने छ ।चलचित्रमा राहुल राईको छायांकन, सम्भुजित बास्कोटा र कृष्ण भारद्वाजको सङ्गीत, कुमार महर्जनको द्वन्द्व तथा राम प्यासिको कोरियोग्राफी रहने छ ।
जीवनाथ गौतमको मुख्यसहायक निर्देशन रहने चलचित्रको मुहुर्त समारोहमा उपस्थित चलचित्र टिमले चलचित्रले हाम्रै गाउ ठाउमा घटेको घटना हरुलाई प्रस्तुत गर्ने भन्दै आफुहरुले उठान गरेको बिषय बस्तुले दर्शकहरुको मन जित्नेमा आफुहरु आशावादी रहेको बताए ।

 

तपाईको प्रतिक्रिया