काठमाडौँ । निर्देशक भिषण राई को निर्देशन रहेको चलचित्र’ पुरानो बुलेट आजबाट देशभर एकसाथ प्रर्दशनमा आएको छ । नायक अनुप बिक्रम शाहीले नायिका वर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर र गीतले चर्चा कमाएका बेला आजबाट देशभरका ७० बढी हलमा प्रर्दशनमा आउन लागेको हो । नेपालको पूर्वमा छायाँकन गरिएको ट्रेलरमा कमेडी, एक्शन ,रोमान्स र रोदन को बिषय बस्तु रहेको छ ।

फिलिमकोनिर्मातामा अशोककुमार राई ९अशोक साम्पाङ०, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा चलचित्र को कथा पट कथा र लेखन स्वम निर्देशक र चलचित्रका कार्यकारी निर्माता सन्तोष राई दुवै ले मिलेर गरेका हुन् फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई ,करन धिताल लगायत कलाकार हरुको अभिनय रहेको छ ्र नायक अनुप बिक्रम शाही र वर्षा सिवाकोटी ले सगै अभिनय रहेको पछिल्लो प्रदर्शन भएको चलचित्र ‘जय शम्भु’पछि एकसाथ देखिन लागेका हुन् । चलचित्र यूनिटले आज कलाकारहरुको साथमा काठमाडौँको कुमारी हलमा सँगै फिल्म हेर्ने कार्यक्रम पनि राखेको छ ।

तपाईको प्रतिक्रिया