एजेन्सी – चर्चित अभिनेता सञ्जय दत्त, माधुरी दीक्षित र सोनाक्षी सिन्हा अभिनित फिल्म ‘कलंक’को नयाँ पोस्टर सार्वजनिक भएको छ । २०१९ को अप्रिल १७ मा रिलिज हुने यस फिल्मको नयाँ पोस्टर रिलिज भएको केहि समय मै बिबादित बनेको छ । वरुण धावन फ़िचर्ड रहेको उक्त पोस्टरमा वरुण साँढेसंग लडिरहेको देखाईएको छ ।

साँढेसंग लडिरहेको यस दृश्य दर्शकले यस अघि फिल्म बहुबालीमा पनि देखेका थिए । अहिले दर्शकले बरुणलाई भल्लालदेवसंग तुलना गर्न थालेका छन् । धेरै दर्शकले यस फिल्मको पोस्टरमा वरुण धावन फ़िचर्ड भल्लालदेवसंग मिलेको भन्दै आलोचना गरिरहेका छन् । केहि दिन अघि फिल्म ‘कलंक’को ट्रेलर सार्वजनिक भएको थियो । फिल्ममा अभिनेता सञ्जय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपूर, सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्ट मुख्य भूमिकामा देखिएका छन् ।

तपाईको प्रतिक्रिया