चैत २ काठमाडौ – नेपाली गीतसंगीत र गीतसंगीत कर्मीहरुलाई कला पत्रकारिता मार्फत सधैं सपोर्ट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा भावुकको सांगीतिक यात्रा थालनी संगै “ए मेरो साथी” बोलको लोकदोहोरी गीत भर्खरै सार्बजनिक भएको छ । ताजा पत्रीकाका संचालक सुजन र शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको यस गीतलाई सुजन र तारा भुसालले लेखेका हुन भने सुजन बिस्वकर्मा भावुक आफैले लय भरेका छ्न ।

ताजा पत्रीका मिडिया हाउसको प्रस्तुतिमा सार्बजनिक भएको यस गीतको म्युजिक भिडियोलाई सुजन न्यौपानेको निर्देशन छायांकन र बिष्णु भट्टराई को सम्पादन रहेको छ । गीतको म्युजिक भिडियोमा सुजन बिश्वकर्मा भावुक, प्रनिता र सुरेशको उत्कृष्ट अभिनय देख्न पाइन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया