अमृता भण्डारी , काठमान्डाँै
ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक मनोज थापा, सुरेश बैजु र गायिका विन्दा सुन्दासको आवाजमा सजिएको लोकदोहोरी एल्बम“गंगा र जमुना “गीतको भिडियो बजारमा आएको छ ।
गीतमा युवा युवती विचको प्रेमको कुरालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफुले निकै मन पराएको तर परिवारको सदस्यबाट मञ्जुरी नभएको अवस्थाको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ ।
मनोज थापाको शब्द सिर्जना तथालय सिर्जना गीतमा रहेको छ । प्रकाश खड्काको छायाँङकन , लक्ष्मण चौहानको सम्पादन , विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । “गंगा र जमुना “ गीतको भिडियोमा उषा सुवेदी , एलिना देउजा र उद्धव पौडेल र तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।
“गंगा र जमुना “ गीतको भिडियो हेर्नुहोेस ।

तपाईको प्रतिक्रिया