एजेन्सी – प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी एक पटक चर्चामा आएको छ । यस अघि प्रियंका आमाको साथ आधा राततिर मुम्बईको हिन्दुजा अस्पताल गएकी थिइन् । उनी आफन्त भेट्न गएको बताइएको छ । तर, केही दिन पहिले भने प्रियंका गर्भवती भएको खबर सार्वजनिक भएको थियो । एक कार्यक्रममा प्रियंकाको फोटो सार्वजनिक भएको थियो, जहाँ उनको पेट हल्का बढेको देखिएको थियो ।उनले लगाएको लुगाका कारण पनि उनी गर्भवति भएको चर्चा चलेको थियो । त्यो कुराको उनले खण्डन गरेकी थिइन् । अहिले फेरी उनी आमालाई लिएर अस्पताल गएपछि गर्भवतीको चर्चा फेरी सुरु भएको छ । अस्पताल गएको कारण नखुलाएका कारण पनि उनी गर्भवती भएको चर्चा सुरु भएको हो ।

अमेरिकी गायक निक जोनससँग विवाह गरेको गरेको केही समयमै प्रियंका भर्गवती भएको चर्चा बलिउड सिने जगतमा चल्न थालेको हो। सुरुमा उनी अस्पताल किन पुगिन भन्ने कुरालाई गोप्य राखेपछि चर्चा गर्नेहरुलाई झन मलजल गरेको छ ।छोरीलाई अस्ताल लिएर गएको विषयमा प्र‍ियंकाकी आमा मधु चोपडाले भने मुख खोलेकी छन्। उनले आफुहरु अस्पताल जानुको कारण खुलाउँदै प्रियंका गर्भवती भएको कुरा हल्ला मात्रै भएको स्पष्ट परेकी छन्।उनले आफूहरु विरामी आफन्तलाई भेट्न अस्पताल गएको पुष्टि गरेकी छन् । ‘हामी अस्पतालमा विरामी आफन्तलाई भेट्न गएका हौँ’, उनले भनेकी छन्’, ‘यसमा प्रियंकाको गर्भवती हुनेसँग कुनै सम्बन्ध छैन।

तपाईको प्रतिक्रिया