बिवादित मोडल परी तामाङ प्रक्राउ परेकीछिन् । उनीसंगै फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि प्रहरीले प्रक्राउ गरेको छ । युट्युवमा अश्लिल अन्तरवार्ता दिएको र उत्तेजक गतिविधी गरेको भन्दै उनलाई महानगरीय प्रहरी परिसर टेकुले उनीहरुलाई प्रक्राउ गरेको हो । परी तामाङले दिएको अन्तरवार्ताले सामाजिक मर्यादामा खलल पुर्‍याएको भन्दै उनीहरुलाई प्रक्राउ गरिएको हो । प्रक्राउ परेका उनीहरुमाथि साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । केही समय अगाडीमात्र सेक्स सार्वजनिक भई आलोचना र बिवादमा आएकी परी तामाङ आफुलाई सेक्स वर्कर भएको सार्वजनिकरुपमै बताउँदै आएकीछिन् । उता अश्लिल अन्तरवार्ताहरु प्रसारण गरेकै कारण फूल्चोकी मिडिया पनि बिवाद र आलोचनामा आईरहेको थियो । अधिकांशले उनीहरुमाथि कारवाही हुनु पर्ने भन्दै युट््युव च्यानल नै बन्द गर्नु पर्ने बताउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया