प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व होली आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाईएको छ । असत्यमाथि सत्यको बिजयको प्रतिकको रुपमा मानिने यो पर्व आज र भोली गरी २ दिनसम्म मनाईने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो ।

यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ । केही बर्ष अगाडीसम्म होली मनाउने क्रम घट्दो थियो तर केही समययता होली हरेक उमेर समूहलका मानिसहरुले हर्ष उल्लासका साथ मनाउने गरेका छन् ।। तस्बिरमा हेरौँ होली तस्बिर :-

तपाईको प्रतिक्रिया