भेट्रान कलाकार तथा निर्माता केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । केही समय अगाडी निकिता पौडेलले व्यक्तिगत कारण देखाउदै पदबाट राजिनामा दिएपछि रिक्त रहेको पदमा भट्टराई नियुक्त भएका हुन् । निकिताले डेढ वर्ष कार्यकाल बाँकी रहँदै राजिनामा दिएकी थिईन् । भट्टराईको नाम यसअघि पनि अध्यक्ष पदका लागि चर्चामा रहेको थियो तर उनी नियुक्त हुन सकिरहेका थिएनन् । तत्कालिन एमाले निकट रहेका भट्टराईलाई बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो ।

भट्टराईसँगै अध्यक्ष पदका लागि सुचित्रा श्रेष्ठ, नरेश कुमार केसी, योगेश घिमिरेलगायतले दर्खास्त दिएका थिए । २ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त भएका भट्टराई नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष एवं जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत हुन् । अब बोर्ड अध्यक्षमा नियुक्त भएसँगै बक्स अफिस कार्यान्वयन गर्नु ठुलो चुनौती हुनेछ। उनले थुप्रै चलचित्रहरुमा अभिनय समेत गरेका छन् भने लामो समयपछि निर्माणमा फर्किएका भट्टराईको नयाँ फिल्म यात्रा रिलिजको तयारीमा रहेको छ । जुन फिल्म चैत २९ मा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया