कुनै कुनै नेपाली फिल्मले हलमा रिलिज भएर पनि सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको जति पैसा कमाउन सक्दैन । यस्तै टेलिफिल्महरु पनि आजकाल युट्युबमा बढि हेर्ने गरिन्छ । जति हेरिन्छ त्यसको आधारमा आम्दानी पनि बढ्ने गरिन्छ । त्यसलै टेलिफिल्महरु युट्युब टार्गेट हुन थालिएको छ । पछिल्लो समय सबै भन्दा बढि कमाउने टेलिफिल्ममा भद्रगोल परेको छ । अहिले मेरी बाँस्सै काण्ड बाहिरिएको छ । अर्थात मेरी बाँस्सैबाट कलाकारले हात झिकेको कुरा एक पछि अर्को रुपमा आईरहेको छ । यसको प्रमूख कारण युट्युब नै हो ।

मिडिया हबद्धारा नेपाल टेलिभिजनका लागि निर्माण तथा प्रशारण हुदै आएको मेरी बाँस्सैका कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र राजु पौडेल (राजु मास्टर) टेलिफिल्मबाट बाहिरिएको खबर यसैको शिलशिला हो । टेलिफिल्मले युट्युबबाट धेरै आम्दानी गर्ने तर आफुहरुलाई कम पारश्रमिक दिएपछि यो अवस्था सिर्जना भएको हो राजु मास्टरको दावी छ । राजु मास्टर र बल्छी धु्रर्वे युट्युबमा राम्रो पैसा आउने भएपछि मिलेर नयाँ कार्यक्रम तथा शो गर्ने तयारीमा रहेका छन् । यता मिडिया हबले राम्रो पैसा कमाएको तर आफुहरुलाई कम दिनथालेपछि विवाद आन्तरिक रुपमा चर्किएको थियो । त्यसपछि मेरी बाँस्सैबाट हात झिक्ने निर्णय दुई प्रमूख कलाकार राजु मास्टर र बल्छी धु्रर्वेले गरेका हुन् । दुबै मिलेर मेरी बाँस्सै लेखन र निर्देशन गर्दै आईरहेका थिए ।

सिताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) ले शुरु गरेको मेरी बाँस्सैमा हाल सिताराम र केदार दुबै छैनन् । मेरी बाँस्सै शिलशिलामा केदार र सितारामबीच मनमुटाव भएपछि दुबैको बेग्ला बेग्लै सुटिङ समेत गरेका थिए । पछि केदार घिमिरेले मेरी बाँस्सै छाडे । पछि सामाजिक अभियानमा लागेर सिताराम कट्टटेलले पनि हात झिके । त्यसपछि मरिचमान श्रेष्ठ र राजु पौडेलले जिम्मेवारी सम्हाल्दै आएका थिए । अब मेरी बाँस्सैको भविष्य भने मिडिया हबको हातमा रहेको छ । मिडिया हबका अनुसार मेरी बाँस्सै नरोकिने र मिडिया हबकै टिमले निर्देशन गर्ने दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया