काठमाडौं । चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा इटहरीका बालक प्रितम आचार्यले आइतबार पनि आफनो धमाकेदार प्रस्तुति दिएका छन् ।

पछिल्लो समय लगातार ‘चार्ट बस्टर’ प्रस्तुति दिइरहेका प्रितमले आइतबार पनि उत्कृष्ट प्रस्तुती दिँदै जुरीबाट शतप्रतिशत नम्बर ल्याएका छन् । ‘दिवाना’ फिल्ममा समाबेश कुमार सानुले गाएको गीत ‘सोचेङ्गे तुम्हे प्यार’ गीत गाएका प्रितमको लागि जुरीहरुले उठेरै उनको गायकीको तारिफ गरेका थिए ।

अतिथी बनेर आएका चर्चित संगितकार हिमेश रेशमियाले पनि प्रितमको गायकीको खुलेर प्रशंसा गरे ।

तपाईको प्रतिक्रिया