ए मेरो हजुर २ बाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएका नायक हुन सलिमान बनियाँ । चकलेटी लुक्स , फरक हेयरस्टायल र अभिनयमा राम्रो प्रशंसा बटुलेकै कारण चर्चामा आएका सलिनको दोस्रो फिल्मका लागि दर्शकहरुले निकै प्रतिक्षा गरे । उनको दोस्रो फिल्मको रुपमा यात्रा को अफिसियल ट्रेलर आज सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम , रोमान्स , कमेडी र द्धन्द सबै समेटिएका छन् । ट्रेलरमा राखिएका एक्सन र कमेडीले फिल्मप्रति कौतहुल्ता जगाउछ । फिल्ममा सलिन भ्लगरको भूमिकामा देखिएका छन् भने उनको अपोजिटमा डेब्यु नायिका मलिका महत रहेकीछिन् । फिल्ममा उनी दृष्टीबिहिन गायिकाको भुमिकामा रहेकीछिन् । ट्रेलर हेर्दा सलोन बस्नेत कतै खलपात्र पो हुन की भन्ने भान हुन्छ तर ट्रेलरमा उनको भुमिका भने खुलाईएको छैन । तथापी उनी भिलेनकै रुपमा छन् भन्ने अटकल काट्न चाही गाह्रो पर्देन । भे«टान कलाकार एवं निर्माता केशव भट्टराईले निर्माण गरेको यस फिल्ममा जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चैत २९ बाट अल नेपाल रिलिज हुन लागिरहेको यस फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । फिल्ममा कथा पनि उनकै रहेको छ । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । सलिनको यात्रा अनमोल केसी स्टारर फिल्म ए मेरो हजुर ३ संग हलमा भिड्ने भएको छ ।

तपाईको प्रतिक्रिया