यतिबेला भारतमा अप्रिलमा हुन लागिरहेको आम निर्वाचनमा सत्तारुढ दल भाजपा , कांग्रेस लगायतका पार्टीहरुले बलिउड हस्तीहरुलाई आफनो पार्टीमा आवद्ध गराईरहेका छन् । बलिउड सेलिब्रेटीहरुको फ्यानफलोईङ धेरै हुने भएकोले उनीहरुलाई चुनावमा उठाए र प्रचारप्रसारमा हिडाए जितको सुनिश्चितता हुने भएकोले पनि पार्टीले उनीहरुलाई आवद्ध गराईरहेका छन् । यसबीचमा राजनितीलाई लिएर बलिउडकी चर्चित नायिका उर्मिला मातोंडकर चर्चामा आएकीछिन् । यतिबेला उनी पर्दाबाट टाढै छिन् ।

केही समय अगाडीमात्र आफु भन्दा कान्छा उमेरका प्रेमीसंग बैवाहिक जीवनमा बाँधिएका उर्मिला पनि चुनाव लड्ने सम्भावना बढेर गएको छ । आज मात्र उनी कांग्रेसमा आवद्ध भएकीछिन् । उनलाई पार्टीले मुम्बईबाट चुनाव लडाउने सम्भावना रहेको चर्चा छ । उनले भाजपा सांसद गोपाल शेट्टीबिरुद्ध चुनाव लड्ने चर्चा छ । मुम्बई भाजपाको गढ भएको क्षेत्र हो यस्तोमा कांग्रेसले सो क्षेत्रमा जित निकाल्नको लागि लरोतरो उम्मेद्वार उठाउनु पर्नेछ ।

उर्मिलाले सो क्षेत्रबाट चुनाव लड्ने पक्का भने भएको छैन । यदि टिकट नपाएको खण्डमा भने उनले पार्टीको चुनाव प्रचारप्रसार गर्नेछिन् । बलिउडसंगै मलयालम , तमिल , मद«ासी लगायतका भाषाका फिल्महरुमा काम गरिसकेकी उर्मिला पछिल्लो समय सन् २०१४ मा मराठी फिल्म अजुबामा देखिएकी थिईन । त्यसपछि उनी पर्दाबाट टाढै रहेकीछिन् ।

तपाईको प्रतिक्रिया