आर पोखरेल , काठमान्डौँ ।
बिजि बर्माको ब्यानर मा कला राई को प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन र निर्देशनमा नेपाली कथानक चलचित्र ” काँचुली ” निर्माण हुने भएको छ ।
युवा युवती विचको बास्तविक प्रेम कथालाई समेटेर चलचित्र निमार्ण गरिने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए । चलचित्रलाई देशका विभिन्न रमणिय एवम पर्यटकिय स्थानमा छायाँकन गरिने भएको छ ।
हाल चलचित्रका लागी आवश्यक विभिन्न कलाकारहरुको छनौट कार्य भएको समेत उनले बताए । चलचित्रमा बास्तविक भोगाईहरुलाई समावेश गरिने समेत उहाँले बताउनुभयो । राजन महर्जन को नृत्य, देब महर्जनको द्वन्द रहने भएको छ । आगामी नया बर्ष बाट छायांकन सुरु गरिने समेत उनले बताए ।

तपाईको प्रतिक्रिया