एजेन्सी-अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘केशरी’ले भारतीय बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । रिलिजको पाँच दिनमा केशरीले लगानी उठाएर पनि नाफा कमाउनतिर लागेको फिल्म समीक्षक तरण आदर्शले ट्विट गरेका छन् । केशरीलाई दर्शकले जसरी रुचाइरहेका छन्, समीक्षकले पनि उसै गरी सकारात्मक प्रतिक्रिया दिएका छन् । अक्षयको अभिनयको तारिफ पनि कम छैन ।

यो फिल्म अक्षयको करिअरको हिट फिल्मको सूचीमा सामेल भइसकेको छ । बक्स अफिसका अनुसार केशरीले अहिलेसम्म ८६ करोड भारु संकलन गरिसकेको छ । फिल्म समीक्षक तरण आदर्शको ट्विटअनुसार फिल्मले प्रदर्शनको पहिलो दिन बिहीबार २१ करोड, शुक्रबार १७ करोड, शनिबार १९ करोड र आइतबार २१ करोड भारु कमाएको छ ।नयाँ पत्रिकामा खबर छ ।त्यस्तै, सोमबार आठ करोड भारु कमायो ।

झन्डै ८० करोड लगानीमा बनेको फिल्ममा अक्षयका साथमा परिणिती चोपडा मुख्य भूमिकामा छिन् । धर्मा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म अनुराग सिंहले निर्देशन गरेका हुन् । फिल्म २१ जना सिख योद्धाको ऐतिहासिक लडाइँको कथामा आधारित छ । फिल्म भारतमा ३६ सय र विदेशमा ६ सय हलमा गरी विश्वभर ४२ सय हलमा रिलिज गरिएको छ ।

तपाईको प्रतिक्रिया