युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म शुभ लभ भोलीबाट अल नेपाल रिलिज हुँदैछ । ज्योतिषकै भुमिकामा देखिएका हरिहरले नै यस फिल्मको कथा लेखेका हुन् । युवतीहरुमाझ लोकप्रिय रहेका हरिहरको यो फिल्म पनि युट्युवमा रिलिज नहुने भएको छ । पछिल्लो समय छक्का पञ्जा २ ले सुरु गरेको यो ट्रेन्ड बिस्तारै अन्यले पनि अनुशरण गरिरहेका छन् । यसबीचमा शुभ लभ पनि युट्युवमा रिलिज नहुने भएको हो । निर्देशक सन्तोष बाबु लोहनीले हलमा जस्तो युटुवमा फिल्म हेर्न रमाइलो नहुने भन्दै युट्युबमा रिलिज नगर्ने निर्णय गरिएको बताए । युटुवमा राख्दा ब्याकग्राउण्ड मुजिक समेत बिगारिने कारण दिदै उनले यो फिल्म हेर्न दर्शक हल मै जान पर्ने बताए ।

फिल्ममा अभिमन्यू निरवीको पटकथा तथा लेखन रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।चलचित्रका संघका अध्यक्ष एवं निर्माता प्रदिप कुमार उदयले निर्माण गरेको फिल्म शुभ लभमा डेब्यु नायिका कृष्टिन पौडेल ,नायक प्रदीप बास्तोला, डाक्टर सूर्या थापा, अभिनेता सरोज खनाल, कलाकार राजाराम पौडेल, रविन्द्र झाको अभिनय रहेको छ । फिल्ममा शुभ लभ’ बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया