चैत १४ काठमाडौ-नेपाली लोकसांगीतिक क्षेत्रमा बिगत केही बर्ष अगाडि देखि निरन्तर सकृय रहदै एक सफल महिला म्युजिक भिडियो निर्देशकको परिचय स्थापित गराउन सफल निर्देशक हुन बबिता श्रेष्ठ । नेवारी समुदाय मा जन्मिएकी श्रेष्ठ ले नेपाली लोक गीत संगीत प्रतिको माया सद्भाव र मेहनत सहित निर्देशन गरेका थुप्रै गीतहरूले सांगीतिक बजारमा राम्रो चर्चा बटुल्न सफल छ्न ।

भर्खरै मात्र नयाँ म्युजिक भिडियो घाइते मुटु प्रीयसी म्युजिक प्राली को युटुब च्यानल बाट पनि श्रेष्ठको निर्देशन मा सार्बजनिक भएको छ । मुकेश हुमागाइको छायांकन ,राजेस कुमार को संम्पादन मा म्युजिक भिडियो तयार भएको यश गीतलाई इन्द्र बहादुर दाहालले लेखेका हुन भने सुरज थापाले म्युजिक भरेका छ्न । सुरज थापा र बिष्णु माझिको उत्कृष्ट आवाज रहेको यश गीतमा महेन्द्र गौतम सारिका केसि र साथीहरू को अभिनय देख्न पाइन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

तपाईको प्रतिक्रिया