राजु बोहरा–काठमाडौँ । नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा फेरी अर्को आशा लाग्दी गायिकाको आगमन भएको छ । उनि कलिलो उमेरकी मनिषा गजमेर हुन् । मनीषाको यो गीत पहिलो हो यस क्षेत्रमा अगाडी बढ्नका लागि एक मार्गनिर्देशक आवस्यक पर्ने गर्दछ र उनले आफ्नो पहिलो सांगीतिक यात्राको सुरुवातिमा नै निस्वार्थ रुपमा कलाको सम्मान गर्ने संगीतकार एच बि रसाइलीको साथ पाएकोमा खुसि ब्यक्त गर्दछिन् ।

उनै एच बि को शब्द संगीत तथा संगीत संयोजनमा मनिषाले आफ्नो पहिलो गीत “कारण” बजारमा ल्याउन सफल भएकी छिन् । यस गीतलाई अशंख्य दर्शक तथा श्रोताहरुले मन परईदिनु भएमा आगामी दिनहरुमा थप कर्णप्रिय गीत बजारमा ल्याउने बाचा उनको रहेको छ । मनिषा भन्छिन् साँच्चै मेरो यो गीत र स्वरले अशंख्य श्रोता दर्शकहरुको मन छोएको छ भने यस गीतमा शेयर तथा कमेन्ट गरेर साथ् दिनुहोला ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा मनीषाको सुमधुर स्वरलाई अभिनय मार्फत बिकाश थापा मगर, वर्षा थिङ र पार्वती तामांगले न्याय दिएका छन् । अर्थात् उनीहरु तिनको अभिनय यस गीतमा देख्न सकिन्छ । भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन पदम सुबेदीले गरेका छन् । हामी नव गायिका मनिषा गजमेरको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया