राजु बोहरा–काठमाडौँ । स्वदेशमा युवा स्वरोजगारको सुव्यवस्था नहुँदा पछिल्लो समय कयौं नेपालीहरु बिदेशमा आफ्नो खुन पसिना बगाउन बाध्य बनिरहेका छन् । यदि स्वदेशमा नै राजनीतिक खिचातानी नहुने हो भने र युवा स्वरोजगारको सुव्यवस्था भैदिएको भए यसरी दिनप्रतिदिन कयौं नेपालीहरु परदेशिने थिएनन् होला ।

आफु संग भएको थोरै धन पैसा सहित थप ऋण गरेर परदेशिए पछी मेनपावरले सहि काम गरिदिएर तोकिएको ठाउँमा पुर्याइदिए त ठिकै हुने हो, तर चाहिने भन्दा बढी शुल्क लिएर अनाधिकृत रुपमा विदेश पठाईदिनाले पनि धेरै नेपालीहरुले बिदेशमा कष्टकर जिबन भोगिरहेका छन् । चाहेको बेला स्वदेश फर्किन नपाउँदा र बिदेश जाँदा लिएको ऋणले छाती पोलीरहंदा अझै उनीहरु छट्पटीमा आफ्ना दैनिकहरु गुजार्न बिबस रहेका हुन्छन् ।

यसै सेरोफेरोमा रहेर लोकप्रिय गायक भरत परियारले अशंख्य परदेशीहरुको यथार्थ जिबन भोगाइलाई केन्द्रित गर्दै “साँइला” बोलको गीत बजारमा ल्याएका छन् । गीतको बिषयमा थप चर्चा परिचर्चा गर्नु भन्दा पनि यस गीतलाई सम्पूर्ण दर्शक तथा श्रोताहरुले सुनेर, हेरेर, क्रियाप्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौं । साथै गायक भरत परियारले यदि यस गीतले यहाँहरुको मन छोएको छ भने शेयर गरेर पनि साथ दिनुहुन अनुरोध गरेका छन् ।

भरत परियार र पुर्णिमा परियारको सुमधुर स्वरले सजिएको यस गीतलाई भरत परियारले लय शब्द भरेका हुन् ।मनासलु टि.भी को युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गितको म्युजिक भिडियोले पूर्ण रुप नपाएकोले यसै युट्युब च्यानलका संचालक मन बहादुर पुनले छिट्टै यस गीतको म्युजिक भिडियोलाई पूर्ण रुप दिएर सार्बजनिक गरिने कुरा जानकारी गराएका छन् । हामी गायक भरत परियारको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया