थुप्रै म्युजिक भिडियोमा अभिनय गर्दे ठुलो पर्दामा भित्रिएका नायक हुन पुष्प खड्का । म्युजिक भिडियो र फिल्ममा सहनायकको भुमिकामा काम गर्दे मुख्य नायकको रुपमा उनले दर्पण छायाँबाट डेब्यु गरे । तर पहिलो गाँसमा नै उनलाई ढुङगा लाग्यो फिल्म असफल भयो । तर मंगलम फिल्ममा उत्कृष्ट अभिनय गरेसंगै उनको चर्चा एकाएक चुलियो । उनले मंगलममा गरेको भुमिकाको कारण नै पुष्पले थुप्रै फिल्महरुको अफर पाए । हालै दाल भात तरकारी जस्तो फिल्ममा अभिनय गरेका उनी यतिबेला मारुनी फिल्मको सुटिङमा जुटिसकेका छन् । यस फिल्ममा पुष्पले पारिश्रृमिकमा गरेको डिमाण्ड भने चर्काे देखिएको छ । निर्मात्री पुनम क्षेत्रीको निर्माणमा बन्न लागिरहेको उक्त फिल्मका लागि पुष्पले ३० लाख डिमाण्ड गरेको खुल्न आएको छ । जुन डिमाण्ड निर्मातालाई चक्कर आउने नै हो ।

यसबारेमा उनले एक मिडियासंग कुराकानी गर्दे आफुले ३० लाख मागेको स्वीकार गरेका छन् । उनले भने “मैंले ३० लाखसम्म माग गरेको हो । उहाँहरुले केहि हेरफेर गर्नु भन्नु भएको छ” । उनी भर्खरैमात्र सिनेमा क्षेत्रमा भित्रिएका हुन् प्रतिष्पर्धा निकै छ । कलाकारहरुको पारिश्रृमिक उनीहरुले दिएको हिट फिल्मका आधारमा पनि दिने र लिने गरिन्छ तर पुष्पले मंगलममात्र सफल फिल्म दिएका छन् । यस्तोमा के उनले ३० लाख माग्म मिल्छ ? आखिर उनले किन त्यत्रो डिमाण्ड गरे त ?

उनी भन्छन् “मैंले फिल्मको एक लाइन स्टोरी सुनें । स्टोरी सुन्दा फिल्मलाई लामो समय दिनु पर्ने र निकै मेहनत गर्नु पर्ने देखिएको छ । त्यसैले मैले ३० लाख माग गरेको हुँ । तर यो रकम अहिले पक्का भैसकेको छैन । उहाँहरु केही कम गरेर अगाडी बढ्ने मनस्थितिमा देखिनु भएको छ ।” अब पुष्पले ३० लाख नै हात पार्लान या नपार्ला त्यो आफनो ठाँउमा छ । तर पुष्पलाई मंगलमबाट सम्भावना बोकेको नायकको रुपमा हेरिन थालेको छ । उनले यहाँसम्मको यात्रा निकै संघर्ष र प्रतिक्षापछि पाएका हुन् । अब हेरौँ अनमोल , प्रदिप , पलपछि आउने गन्तीमा उनी कहिले आउने हुन् ?

तपाईको प्रतिक्रिया