चैत्र १७, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आज आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट लोकदोहोरी नब मोडल पुरुषको उपाधी धादिङका सुमन खतिवडाले जितेका छन् ।
नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले आयोजकले सुमनलार्ई सर्वोकृष्ट लोकदोहोरी नब मोडल पुरुषको उपाधी अवार्ड हस्तान्तरण गरेको हो । सुमन खतिवडा द्धारा अभिनय गरिएको खरानी बोलको गीतबाट उपाधी हात पारेका हुन ।

आफनो कामको सकारात्मक काम मुल्याङकन र आम दर्शक तथा स्रोताको अपार माया र स्नेहको कारण अवार्ड जित्न सफल भएको उनले बताए । उक्त अवार्ड समारोहमा तामाङ सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया