चैत्र १७, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट भिडियो निर्देशनको विधा तर्फबाट भिडियो निर्देशक बविता श्रेष्ठ ले उपाधि जितेकी छन् ।

नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले निर्देशक बविताको म्युजिक कलालाई अवार्ड हस्तान्तरण गरेको हो । भक्तपुर निवासी श्रेष्ठले निर्देशन गरेको नलगाउ झुटो पिरती बोलको गीतबाट उपाधी हात पारेकी हुन ।

अवार्ड हात पारेसँगै उनले आफुले जिवनमा केही फरक किसिमको सकारात्मक काम गर्नको प्रेरणा मिलेको समेत बताइन साथै जिवनमा गरेको संर्घषको फल प्राप्त गरेको र अझै पनि गीत संगीतको क्षेत्रमा विकाशका लागी थप जिम्बेवारी महशुस भएको उनले बताइन ।

उक्त अवार्ड समारोहमा तामाङ सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । बिगत लामो समय देखि विभिन्न कारणले मिति सर्दै आएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ चैत्र १७ गते काभ्रेको बनेपामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया