इटहरी / कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छिन । ठगी गरेको आरोपमा उनी क्राउ परेकी हुन् । ५० लाख ठगी गरेर लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशी इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलयले बताएकाे छ । सुबर्ण कुमारी श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी दिएकाे अाधारमा जोशीलाई पक्राउ गरीएको र उनलाई भाेली काठमाण्डौ लौजाने तयारी भईरहेको प्रहरीले जनाएकाे छ ।

Source :- Purbelinews.com

तपाईको प्रतिक्रिया