राजु बोहरा–काठमाडौँ । केहि नेपालीहरुले भोगिरहेको एक सामाजिक यथार्थता संग सम्बन्धित गीत भर्खरै बजारमा आएको छ । कसैलाई जिबन भर साथ् दिन्छु भन्दै सिउँदोमा सिन्दुर भरेता पनि लालाबाबा भैसके पछी धन पैसाको लोभमा आफ्नी अर्धन्गीती फस्ने र यता श्रीमानले अर्की बिबाह गरेर आफ्नो बच्चाको बिचल्नी भएको प्रसङ्गमा उक्त गीत रहेको छ । गीत सन्तोष गिरी र कन्यामाया तामांगको यथार्थ भोगाई संग सम्बन्धित “भाग्यको लेखान्त” बोलको हो ।

यस गीतलाई स्थायी घर सिन्धुपाल्चोक मेलम्ची ज्यामिरे ९ र हाल मलेसियामा रहेका सन्तोष गिरी अनि राम्जी थापा मगरले शब्द भरेका हुन् भने लय राम्जी थापा मगरको रहेको छ । घर देश छोडेर परदेशमा रहंदा निसासिएको मनलाई केहि हल्का बनाउनका निमित्त पनि सन्तोषले बेलाबखत बिभिन्न गीत संगीतहरु बजारमा ल्याउने गरेका छन् । यसै क्रमको यो उनको प्रस्तुति र सृजनाको पछिल्लो गीत हो ।

यस गीतमा उद्धब कार्की, पार्वती कार्की र कन्यामाया तामांग र प्रसन्न पाठकको सुमधुर स्वर रहेको छ । गीतको भिडियो पनि उत्तिकै घत लाग्दो बनेको छ । भिडियोमा महेन्द्र गौतम, सगुन शाही र लक्ष्मी तामांगको अभिनय देख्न सकिन्छ बिक्रम चौहान द्वारा निर्देशित भिडियो छायांकन दुर्लब श्रेष्ठ र सम्पादन मिलन बिस्वकर्माले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया