एजेन्सी। बलिउडमा पछिल्लो समय किस सिनलाई सामान्य रुपमा लिने गरिन्छ । तर, कुनै समय यस्तो पनि थियो किस सिन दिन अभिनेत्रीहरु नमान्दा सुटिङ नै रोकेर राख्नु पथ्र्यो । केही यस्ता घटना भएको थियो आमिर र जुहीले अभिनय गरेको फिल्म कयामत से कयाम तक मा । करिब ३० बर्ष अघि प्रदर्शनमा आएको एक फिल्म ‘कयामत से कयामत तक’को गीत सुटिङको क्रममा आमिर खानले नायिका जुही चावलालाई गाला र निधारमा किस गर्नुपर्ने दृश्य थियो । तर, सुरुमा उनले आमिरलाई किस गर्न मानिनन् ।

सुटिङ सेटमा त्यस्तो अवस्था आईसकेपछि फिल्मका निर्देशक मंसुर खानलाई तनावको स्थिति सिर्जना भएको थियो । उनले सबै सुटिङ रोक्नको लागि आदेश दिए र सुटिङ रोकियो पनि । तर, केही समयपछि जुही किस गर्न आफैँ तयार भईन् त्यसपछि सुटिङ सुरु भएको थियो । एकदमै सिम्पल लभस्टोरी फिल्मले त्यो समयमा एकदमै राम्रो कमाई गरेको थियो ।

तपाईको प्रतिक्रिया