चर्चित डान्सिंग क्रु भीमफेदी गाइज र एलिसा राई फिचर ”पीपीरी पीपीरी” म्युजिक भिडियो सार्बजनिक भएको छ । लक्ष्मण बस्नेतको शब्द र मोहन मगरको संगीत रहेको गीतमा चर्चित गायक राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ । संगीतकार मोहन मगर लामो समयदेखि सक्रिय रुपमा संगीत कर्ममा छन । रोशन बान्तवाको संगीत संयोजन रहेको ”पीपीरी पीपीरी”को अडियोलाइ एम आर क्रियसनले ल्याएको हो। रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ भीमफेदी गाइजको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको क्यामेरा र पवन सुसलिंगको सम्पादन रहेको छ सोमबार सार्वजनिक गीतलाई रिलिज भए लगतै दर्शकले सर्वाधिक रुचाइएको पाइन्छ ।

तपाईको प्रतिक्रिया