लमजुङ, चैत १८ गते ।
नयाँ बर्ष २०७६ को अबसरमा लमजुङमा हाँस्यब्यङ्ग्य कार्यक्रम हुने भएको छ । युनाईटेड युथ फर नेशनको आयोजनामा ‘हाँस्दै, हसाउँदै सामाजिक कार्यमा यूवाको हात, युवाइएनको साथ’ भन्ने नाराका साथ नयाँ बर्षको उमगंसँगै हाँस्दैछ लमजुङ नामक कार्यक्रम चैत २८ गते आयोजना हुन लागेको हो । कार्यक्रम बिहान ११ बजे र दिउसो ३ बजे गरि दुई सिफ्टमा संचालन हुनेछ। कार्यक्रमको टिकट बुकिङ खुल्ला गरि सकिएको हुनाले टिकट लमजुङ क्याम्पस अगाडि रहेको उज्ज्वल होटेलमा सम्पर्क राखि लिन सकिने आयोजकले जनाएको छ। कार्यक्रममा प्रसिद्ध कमेडीको Nep-gasm स्टाण्डअप कमेडीका कमेडियन कलाकारहरु सरोज भण्डारी, डोरेस खतिवडा र लेखमणी त्रिताल सहभागि हुने कार्यक्रम तय गरिएको छ।

कार्यक्रम लमजुङ कृषि क्याम्पसको सभाहलमा हुने कार्यक्रममा प्रब्रेश शुल्क अग्रिम बुकिङ को रु २ सय र तेहि दिनको बुकिङका रु २५० रहेको छ । सामाजिक कार्य गर्ने हेतुले गरिएको कार्यक्रम भएका कारण UYN ले त्यहा उपस्थित सम्पुर्ण अतिथि हरुलाई पनि टिकट कटाउने निर्णय गरेको छ। र यस्तो किसिमको कदम लमजुङमानै पहिलो पल्ट भएको UYN लमजुङ का सल्लाहकार बिराट अपरिचित न्यौपानेले जानकारि दिनुभयो। परिवर्तन आफै बाट गर्नु पर्छ भन्ने उदेश्य लिएको यस संस्थाले ले सम्पुर्ण सर्बसाधरण, बिधार्थि साथिहरु र शुभचिन्तक संग काटिएको टिकटको रकम सामाजिक काममा खर्चिने भएकाले प्रमुख अतिथि लगाएत सम्पुर्ण संग टिकट कटाउने निर्णय गरेको संस्थाका सल्लाकार अपरिचितले जानकारि दिनुभयो।

सो कार्यक्रमबाट संकलित रकमले साईवार क्राईम बिरुद्ध सचेतनामुलक कार्यक्रम गर्ने, लागुऔषध बिरुद्ध सचेतना कार्यक्रम, टोल तथा बिद्यालय स्तरमा महिलाहरुको महिनावरी सम्बन्धी सचेतनात्मक तथा साथै आबश्यक परेका बिधालयका छात्रा शौचालयमा प्याडबक्स, प्याड र डस्टबिन राख्ने , कृषि सम्बन्धी अन्र्त्क्रिया एबं गोष्ठी, भक्ति आदर्श भाटेवडारका विशेष बिधार्थिलाई पनि आबश्यक सामान बितरण गर्ने लगायतका सामाजिक कार्य गर्ने उद्धेश्य रहेको संस्थाका अध्यक्ष बिबेक शर्माले जानकारी दिनुभयो ।

यूवाहरुको सक्रियतामा गठन भएको युनाईटेड युथ फर नेशन संस्थाले यसअघि सर्बोदय सेवाश्रममा न्यानो कपडा र फलफूल वितरण कार्यक्रम समेत आयोजना गरीसकेको छ ।यस कार्यक्रम संचालनका लागि छिमेकि बिधालय बाट स्वयम् सेबक साथिहरु लिएर अघि बढेको र त्यसरि अन्य बिधालयका साथिहरूलाई संगसंगै अगाडि लैजादा युवा एकतामा टेवा पुग्ने संस्थाले अपेक्षा राखेको छ। संस्थाले उक्त कार्यक्रममा सहभागी भई मनोरन्जन लिनुहुन र सामाजिक कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गरेको छ।

तपाईको प्रतिक्रिया