आइतबार साँझ आएको ठुलो हावाहुरीका कारण पीडित बनेका जनता आफनो आफन्त गुमाउनु र घर समेत गुमाउदाको असह्य पीडामा रहेका छन् । यस दुखद घडीमा सबै नेपालीहरुले एक जुट भएर तराईमा परेको बिपतमा साथ दिनु पर्ने बताउँदै आएका छन् । स्वराज आचार्यले गीत नै गाएका छन् “पहाडमा जाडो बढे , तराईले सेक्नु पर्छ आँधी आए तराईमा पहाडले छेक्नु पर्छ” यस दुखद घडीमा एक नेपालीको घाउमा मलहम लगाउने काम अर्को नेपालीले गर्नु पर्छ । यही भाव बोकेर नेपाली सिनेमा क्षेत्र की नायिका ऋचा शर्मा पीडितहरुका लागि खाद्यन्न सकंलनमा जुटेकीछिन् ।

उनले सामाजिक सञ्जालमाफर्त तत्कालका पीडितहरुका लागि ड्राई फुड्सको आवश्यकता रहेको भन्दै खाद्यन्न सहयोगका लागि अपिल गरेकी हुन् । उनले पीडितको सहयोगका लागि खाद्यन्नसंगै आर्थिक सहयोगका लागि पनि आग्रह गरेकी हुन् । नेपाली सिनेमा क्षेत्रमा व्युटी विथ व्रेन भएकी नायिकाको रुपमा चर्चित ऋचाले सहयोगका लागि फोन नम्बर र बैंक खाता नम्बर पनि दिएकीछिन् । यता नायक प्रदिप खड्काले पनि पीडितहरुका लागि ५० हजार सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया