यतिबेला अधिकांश बलिउड फिल्ममा चर्चित गायिका नेहा कक्करको गीत समाबेश हुन्छ हुन्छ । बिषेश गरी उनको आवाज फिल्मको आईटम नम्बरको रुपमा बढि प्रयोग भएको पाईन्छ । “काला चश्मा” , “दिलवर दिलवर” , “दिल घडकाए” ,”छम्मा छम्मा” , “तु चीज बढि” , “मिले हो तुम हम” को लगायतका चर्चित गीतहरु गाईसकेकी यीनै गायिका नेपाल आउने भएकीछिन् । उनले काठमाडौँको २ स्थानमा आफनो सांगेतिक प्रस्तुती दिने भएकीछिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको सांगेतिक कार्यक्रममा भाग लिन उनी नेपाल आउने भएकी हुन् ।

नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिनेछिन् भने चैत्र २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा आफनो प्रस्तुती दिनेछिन् । पछिल्लो समय नेहाले आफनो गीतसंगै नायक हिमांशु कोहलीसंगको प्रेम र ब्रेकअपको कारण चर्चामा आएकी थिईन् । नेहाले आफनो सांगेतिक करियर इन्डियन आइडलमा सहभागी भई सुरु गरेकी थिईन् । शोमा बिजेता बन्न नसकेपनि नेहाले त्यसपछि भने बलिउडमा थुप्रै अवसर पाएकी थिईन् । त्यसपछि नेहाले फर्किएर हेर्नु परेको छैन ।

तपाईको प्रतिक्रिया