काठमाडौं,
चैत्र २० ।

हाँस्यटेलिसिरियल भद्रगोलका टिम यो साता को बन्छ करोडपती खेल्न ‘को बन्छ करोडपती’को सेटमा पुगेका छन् । अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन् । भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्वय अर्जुन घिमिरे पाण्डे र कुमार कट्टेल जिग्रीले राजेश हमालसँग गेम खेलेका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गाशाला निर्माणको सहयोगार्थ आफूहरुले को बन्छ करोडपतीमा गेम खेलेको भद्रगोल परिवारले बताए । क्रिकेट रङ्गाशाला निर्माणको लागि विभिन्न कार्यक्रम गरेका भद्रगोल परिवारले कलेज क्याम्पेन देखि लिएर विभिन्न शो हरु गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया