एजेन्सी । बलिउड अभिनेता सलमान खानले आफ्नो अंगरक्षक शेराको छोरालाई फिल्ममा ब्रेक दिने भएका छन् । सलमानका अंगरक्षक शेराका छोरा टाइगर नायक हुन लायकका छन् जसले यसअघि नै सलमानसँग फिल्म ‘सुल्तान’मा सहायक निर्देशक भएर काम गरिसकेका छन् ।

त्यसो त सलमानले पनि यसअघि धेरै नयाँ कलाकारलाई आफ्नो फिल्ममार्फत बलिउडमा ब्रेक दिएका छन् । सलमानले ‘दबंग’ मार्फत सोनाक्षी सिन्हालाई, ‘लक्की’ फिल्ममार्फत स्नेहा उलाललाई, ‘वीर’ मार्फत जरिन खानलाई ब्रेक दिएका थिए भने सुनील सेट्ठीकी छोरी आथिया, आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोली लगायतलाई पनि बलिउडमा चान्स दिएका छन् ।

सलमानले बडिगार्ड शेरालाई उनको छोरा १८ महिनाको हुँदा देखिनै उनको छोराको करियर बनाइदिने बाचा गरेका थिए हुन पनि शेरापुत्र टाइगर नायक हुन लायककै भएर निस्किए । यतिखेर सलमान टाइगरलाई उपयुक्त हुने एक्शन स्क्रिप्ट र नायिका हेरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया