काठमाडौं। नेपाल चलचित्र संघले चैत २१ गते ‘एक दिने फिल्म फेस्टिभल’ गर्ने भएको छ। नेपाली चलचित्रको बजार प्रवर्द्धनका लागि संघले कमलपोखरीमा रहेको कुमारी हलमा फरक समयमा तीन नेपाली फिल्म प्रदर्शनमा ल्याउँदैछ। स्वर्गीय निर्देशक आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’, निश्चल बस्नेत निर्देशित ‘लुट’ र दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ देखाइने भएको हो।

‘सानो संसार’मा अभिनेता कर्मा, नम्रता श्रेष्ठ, जीवन लुईंटेल र नीर शाहको मुख्य अभिनय छ। त्यस्तै ‘लुट’मा भने सौगात मल्ल, दया हाङ राई, ऋचा शर्मालयगातको अभिनय छ। ‘छक्का पञ्जा ३’मा भने दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, दीपिका प्रसाईंको अभिनय छ।

तपाईको प्रतिक्रिया