काठमाडौंं – प्रथम राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ काठमाडौँमा आयोजना हुने भएको छ । सामना म्यूजिक क्रियसन प्राली आयोजक रहेको अवार्डको उद्देश्य अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्यूजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए ।

नेपाली गीत संगीतको क्षेत्रमा हुने विभिन्न अवार्डले संगीतको क्षेत्रमा क्रियाशिल कलाकारको आत्मसम्मान र क्रियाशिल भैरहन प्रेरणा मिल्छ भन्ने आयोजकले विश्वास लिएको आयोजकले बताएको छ । नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा अवार्ड आयोजना गर्न लागिएको आयोजक कमिटीकी अध्यक्ष सामना शाहले बताइन् । अवार्ड कार्यक्रममा आफ्नो सहभागीता जनाउन चाहने स्रस्टा तथा सर्जकलाई आबेदन फाराम खुल्ला गरिएको पनि आयोजकले जनाएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने छन ।

गायक गायिकाको हक मा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने काठमाडौँमा संस्कृति गौतम विश्वास बताइन् आफ्नो स्रस्टा फाराम छन् र फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १० गते सम्म रहेको आयोजकले जनाएको छ। आबेदन फारम अनामनगर स्थित सामना म्यूजिक क्रियसन प्रा लि को कार्यालयमा फोन नं ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सामना म्यूजिक क्रियसन प्रालीका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।,

तपाईको प्रतिक्रिया