भारतमा यतिबेला आम निर्वाचनको माहोलले राजनितीदेखि बलिउडसम्म तातेको छ । बलिउडमा अधिकांश सेलिब्रेटीहरु मोदीको पक्षमा भोट गर्न अपिल गरिरहेका छन् । यसबीच चुनावकै सेरोफेरोमा मोदीको जीवनमा आधारित फिल्म पीएम नरेन्द्र मोदी भने निकै चर्चामा रहेको छ । चुनाव आचारसंहिताबिपरित फिल्म रिलिज हुन लागिरहेको भन्दै फिल्म रिलिज नै रोक्नु पर्ने आवाजहरु उठिरहेका छन् । तर फिल्मको रिलिज भने नरोकिने भएको छ । फिल्मको ट्रेलर रिलिजपछि यस फिल्मका कारण बिपक्षीहरु झस्किएका छन् ।ट्रेलर हेर्दा पनि अनुमान लगाउन सकिन्छ की उनले यो फिल्म चुनावमा राम्रो हतियार बनोस भनेर नै निर्माण गर्न लगाएका हुन् । त्यसोत फिल्मको ट्रेलरको आलोचना र खिल्ली उडाउनेहरु पनि कम छैनन् ।

त्यसमाथि कांग्रेस त झन जल्नु जलेका छन् । यस फिल्ममा मोदीको भुमिकामा विवेक ओवराय देखिएका छन् । मोदीको भुमिका गरेकै कारण कांग्रेसले उनलाई फ्लप हिरोको संज्ञा दिएको छ । पार्टीका मुख्य प्रवक्ता रणदीप सुरजेवालाले विवेकलाई फ्लप हिरो भनेका हुन् । उनले फिल्मको कडा आलोचना गर्दे भने “फ्लप मानिसको जीवनमा आधारित फिल्ममा फ्लप नायकले काम गरेका छन्” । उनले मोदीको फिल्म पुरै फ्लप हुने दाबी पनि गरेका छन् । यता मोदीको फिल्म हलमा लाग्नु भन्दा अघि नै लिक समेत भएको छ । फिल्मलाई मेरीकोम शरवजीत जस्ता फिल्म निर्देशन गरेका उमंग कुमारले निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया