काठमाण्डाै – हास्य विधाको चलचित्र ‘दालभात तरकारी’ युनिटले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएको छ ।

फागु पूर्णिमाका दिनदेखि प्रचारप्रसारको औपचारिक थालनी गरेको चलचित्र युनिट देश दौडाहामा निस्कने तयारीमा छ । हास्यकलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, जुनु रिजाल काफ्ले, आँचल शर्मा, पुष्प खड्कालगायतका कलाकारको टोली चलचित्र प्रचारप्रसारका लागि देश दौडाहामा निस्कन लागेको हो ।

चलचित्रका प्रस्तुतकर्ता एवम् कलाकार किरण केसीले यही चैत्र २५ गते पूर्वको बिर्तामोड, चैत्र २६ गते दमक, चैत्र २७ गते इटहरी, चैत्र २८ गते हेटौंडा, चैत्र २९ गते चितवन, चैत्र ३० गते बुटवल, वैशाख १ गते नेपागञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ गते पोखरामा विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको बताए । देश दौडाहाबाट फर्किएपछि काठमाण्डौ उपत्यकामा पनि विभिन्न कार्यक्रमहरुको आयेजान गर्ने चलचित्र निर्माण युनिटको तयारी छ ।

महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, सन्दीप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीत छ भने दीर्घ गुरुङको छायांकन रहेको छ ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको चलचित्रमा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमान सिंह कुँवर, शिशिर बाँदेल, विल्सन विक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनालीले लगानी गरेका छन् ।

तपाईको प्रतिक्रिया