मुम्बई । अभिनेता अमिताभ बच्चन र बाहुबलीकी अभिनेत्री राम्या कृष्णन एक साथ पर्दामा देखिने भएका छन् । दुबै फिल्म ‘यूरन्था मानिथान’ देखिनेछन् । अमिताभ बच्चन पहिलो पटक कुनै तमिल फिल्ममा देखिनेछन् ।

तामिलभानानले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । यो फिल्म हिन्दी भाषा पनि रिलिज गरिनेछ । फिल्मको केही भागको शूटिंग मुम्बईमा भइरहेको छ ।

समाचार अनुसार दुबै यो फिल्म रोमान्स गरिरहेको देखिनेछन् ।

यसअघि अमिताभ बच्चन र राम्याले फिल्म ‘छोटे मियाँ और बडे मियाँ’मा सँगै काम गरेका थिए । सो फिल्म २९९८ मा रिलिज भएको थियो । सो फिल्ममा दुबैको अभिनयको निकै प्रशंसा भएको थियो ।

फिल्ममा गोविन्दा र रविना टण्डन पनि महत्वपूर्ण भूमिकामा थिए ।

समाचार एजेन्सी आईएएनएससँग कुरा गर्दै निर्देशकले राम्य र अमिताभ बच्चनको जोडी बनाएको खुलासा गरे । उनले यो जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्दै यो जोडीसँग काम गर्दा निकै उत्साह भएको बताए ।

यो फिल्ममा मुख्य भूमिकामा रहेका अभिनेता तथा फिल्म निर्माता एसजे सूर्याले आफ्नो ट्वीटर अकाउण्टमा अमिताभ बच्चनको लुक शेयर गरेका छन् । अमिताभले पनि सो फिल्मको आफ्नो लुक शेयर गरेका छन् ।

तपाईको प्रतिक्रिया