मुम्बइ। बलिउड अभिनेत्री आलिया भट्टकी आमा सोनिया राजदानको एउटा बयानले अहिले निकै हंगामा मच्चाएको छ । उनले ‘म पाकिस्तान जानुपर्छ त्यहाँ म खुसी रहन्छु’ भनेपछि अहिले सामाजिक संजालमा उनको यो बयानको चर्चा छ । सोनी अहिले आफ्नो आउँदै गरेको फिल्म ‘नो फादर्स इन कश्मिर’को प्रचारप्रसारमा व्यस्त छिन् । यही सिलसिलामा ६२ वषृकी सोनीले एक अन्तरवार्तामा यस्तो बयान दिएकी हुन् ।

अन्तरवार्तामा उनले कश्मिर घाटीमा संघर्षको विषयमा कुरा गरिन् । उनले भनिन् ‘कश्मिरको साँस्कृतिक सन्तुलन बिग्रिइसकेको छ । अहिले यो मुद्दामा मैले केही कुरा गरेमा मानिसहरु मलाई ट्रोल गर्न थालेका छन् ।’ सोनीले अगाडि भनिन् ‘अहिले मैले यस विषयमा कुरा गरें भने मानिसहरु मलाई देशद्रोही भन्दै पाकिस्तान जाउ भन्न थाल्छन् । कहिलेकाहीँ म सोच्छु कि साँच्चै म पाकिस्तान नै जानुपर्छ । म पाकिस्तान गएर निकै खुसी रहन्छु । त्यहाँको खाना पनि राम्रो छ ।

सोनीले आफ्नो देशमा वास्तविक कुरा गर्दा मानिसहरुले आफूलाई धपाउन खोज्ने बताइन् । उनले भनिन् ‘पटक पटक मानिसहरुले मलाई पाकिस्तान जाउ भनेका छन् । जब सोनीलाई पाकिस्तानमा के कुराले खुसी बनाउँछ भनेर सोध्दा उनले भनिन्, ‘म फेरि पनि ट्रोल बन्नेवाला छु । म उहाँको खाना खान्छु र फर्किन्छु । बस्ने छैन । छुट्टी मनाउन जान्छु । त्यो पनि आफ्नै मर्जीले ।

अभिनेत्री सोनीले अन्तरवार्तामा भारतको पूरा क्षेत्र हिन्दु बन्ने कुरामा आपत्ति जनाएकी छन् । यहाँ विभिन्न संस्कृति मिलेर नै विशाल देश बनेको तर्क गर्दै उनले हिन्दुराष्ट्र बन्ने कुराको विरोध गरेकी हुन् । जब कि, पाकिस्तानमा यस्तो केही नभएको उनले बताइन् । यसैले पनि पाकिस्तान आजसम्म विशाल देश बन्न सकेको उनको भनाइ थियो । आश्विन कुमारको निर्देशनमा बनेको ‘नो फादर्श इन कश्मीर’ ५ अप्रिलमा सिनेमाहलमा सार्वजनिक हुँदै छ ।

तपाईको प्रतिक्रिया