एजेन्सी – बलिउडमा गएको महिना फिल्म लुकाछुपीले निकै चर्चा पायो । यस फिल्मले दर्शकको मन पनि जित्यो । यस फिल्मले धमाकेदार कलेक्सन पनि गर्यो । यसैक्रममा यस फिल्मले अभिनेता कार्तिक आर्यान पनि निकै चर्चामा आए । अभिनेता कार्तिक आर्यानको चर्चा फिल्मले धमाकेदार कलेक्सन गरेपछी भएको हो ।

भारतिय मिडियाका अनुसार यसैक्रममा अभिनेत्री कृति सेनन भने रिसाएकी छिन् ।अभिनेत्री कृति सेनन रिसाउदै सबै क्रेडिट कार्तिक आर्यानलाई दिन नहुने बताएकी छिन् । हालसम्म ९२ करोडको कमाइ गरिसकेको यस फिल्ममा सबै कलाकारको दमदार अभिनय रहेको थियो । फिल्मले सफलता पाए लगत्तै यस फिल्मको अर्को सिक्वल बनाउने खबर पनि बाहिर आएको छ ।एउटैलाई मात्र श्रेय दिनु न्यायोचित नहुने भन्दै अभिनेत्रि कृति सेनन रिसाएकी हुन् ।

तपाईको प्रतिक्रिया