राजु बोहरा–काठमाडौँ । बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्ततालाई चित्रण गर्दै एक निकै मन छुने गीत सार्बजनिक भएको छ । देशमा स्वरोजगारको सुव्यवस्था नहुँदा र आफ्नो घर परियारको थप जिम्मेवासिको कारण बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न धेरै महिलाहरु बाध्य भएका छन् । उनीहरुको नै वास्तविक कथामा तयार भएको उक्त गीत झा घलेको प्रस्तुतिमा “नोकरानी” बोलको रहेको छ । यस गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घलेको सुमधुर स्वर सुन्न सकिन्छ ।

झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको यो “नोकरानी“ बोलको गीतलाई शब्द शृजना दिलिप रेग्मीले गरेका हुन् भने लय एक नारायण भण्डारीले भरेका छन् । मार्मिक कथा बस्तुले भरिएको यस गीतको म्युजिक भिडियोमा कन्चन पुन घले, रश्मि भट्ट, स्माइल दनुवार, जुलिया घले,  नेत्र फुँयाल र सुरेन्द्र हमालको अभिनय देख्न सकिन्छ । भिडियोलाई छायाँकन मरुभुमी नारायणले गरेका गरेका हुन् भने  रमेश वि.क रसाइलीको सम्पादन र दिलिप रेग्मीको निर्देशन रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया