नेपाली सांगेतिक क्षेत्रमा दोहोरी ब्याटल भित्राएर चर्चामा आएका प्रकाश सपूत र प्रिती आलेले दर्शक तथा श्रोताहरुको खुबै माया पाए । पहिलो दोहोरी ब्याटलको अपार सफलतापछि यी दुईले दोस्रो दोहोरी ब्याटल पनि सार्वजनिक गरेका छन् । सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै यो गीत पहिले जस्तै सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । पहिलो भागलाई जस्तै दोस्रो ब्याटललाई पनि दर्शक तथा श्रोताहरुले मन पराएका छन् । गीतमा संगित र शब्द पनि गायक संवम प्रकाश सपूतकै रहेको छ ।

गीतमो एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसाइलीले गरेका छन् । प्रकास र प्रितीको दुबैको प्रस्तुती पहिलो ब्याटल भन्दा दोस्रो ब्याटल बढि रुचाईरहेको पाईएको छ । तर गीतमा शब्दहरु भने अलिक अपाच्य छन् तर म्युजिक र एरेन्ज भने निकै राम्रो भएको प्रतिक्रिया गीतलाई मिलिरहेको छ । हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया