बलिउड नायक सलमान खानको डुबेको करियरलाई माथि उकास्ने काम गरेको फिल्म हो दबंग । दबंगको सफलतापछि सलमानलाई लक नै लाग्यो । सन् २०१० मा रिलिज भएको यस फिल्मले दाममात्र कमाएन सलमानलाई गुमेको नाम पनि दियो । फिल्ममा सलमानको दबंग प्रहरीको भुमिका र उनको एक्सनलाई दर्शकले निकै मन पराए । त्यसपछि उनले दबंग २ बनाए त्यो झनै हिट भयो । यतिबेला सलमान खान भारतको सुटिङ सकेर दबंग ३ को सुटिङमा जुटिसकेका छन् ।

फिल्ममा सोनाक्षी सिन्हा , साउथका चर्चित नायक किच्चा सुदीप लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस फिल्मको शिर्षका गीतका सुटिङ भएको छ । जुन गीतका लागि अरबाज खान र निर्देशक प्रभु देवाले सनी लियोनीलाई लिन खोजेका थिए तर सलमानले सनीलाई लिनै मानेन् । यसअघि पनि फिल्मको एउटा आईटम नम्बरमा सनीलाई राखिने चर्चा थियो तर सलमानले अस्वीकार गरेपछि अरबाज र प्रभुको केही लागेन । उक्त फिल्ममा सलमानले नागिन फेम नायिका मौनी रायलाई लिएका छन् ।

जुन गीतको सुटिङ समेत भईसकेको छ । सलमानले सनीको पोर्नस्टार छबीकै कारण गीतमा लिन नखोजिएको बताईएको छ । सारुख खानले समेत सनीसंग काम गरिसकेको अवस्थामा सलमानले भने किन चाहेनन् भनेर यतिबेला टिप्पणी भईरहेको छ बलिउडमा । त्यसोत त खासमा उक्त गीतमा सम्भवत मलाइका अरोरा नै हुन्थिन् होला तर उनको र अरबाजको डिभोर्स भईसकेपछि सलमानले मलाइकालाई किकआउट गरेका हुन् ।

तपाईको प्रतिक्रिया