ईटहरी/ उज्यालो समाज धरानको आयोजना र गायक तथा संगीतकार प्रभाकर राईको संयोजकत्वमा बिबिना राइ बचाउ अभियान सहयोगार्थ साङ्गीतिक कार्यक्रम धरानमा सम्पन्न भएको छ । धरानको शैनिक भवनमा सम्पन्न भएको कार्यक्रमा चर्चित हास्य कलाकार ‘फुलन्देकी आमा’ अर्थात उमेश राइ, गायक तथा संगीतकार बिनोद खम्बु, गायिका सुनिता संयोग, गायक प्रभाकर राइ, गायक गङ्गा बरदान लगायत स्थानीय कलाकार हरुले बेजोड प्रस्तुति दिए ।

भोजपुर हतुवागढी-६ की बिबिना राई विगत १ वर्षदेखि मुटु रोगबाट पीडित छिन । धरानको शैनिक भवनमा कलाकार ‘फुलन्देकी आमा’ युवतीको भेषमा निस्किएर धरानका युवायुवतीलाई मज्जाले कमेडी गर्दै, नाच्दै र नचाउदै बिबिनाको लागि सहयोग अपिल गरिन् । बिबिनाको उपचारको लागि ३६ लाख माथि लाग्ने र यो उपचार नेपालमा सम्भब नभएकोले देशबाहिर नै लानुपर्ने हुनाले सहयोग संकलन गर्नको लागि यस्तो कार्यक्रम राखिएको हो । यस सहयोगार्थ साङ्गीतिक कार्यक्रमबाट जम्मा ३९ हजार रकम संकलन भएको कलाकार एवम अभियानका संयोजक प्रभाकर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया