राजु बोहरा–काठमाडौँ । सारंगी बादक तथा गायक हेमन्त रसाइली पछिल्लो समयमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै अगाडी बढिरहेका छन् । उनले यस भन्दा अगाडी पुराना कलाकारका केहि गीतहरु अनुमतिमा कभर गीतको रुपमा पनि लिएर बजारमा आइसकेका छन् । तत्पश्चात भेगीय हिसाबले काँठ क्षेत्रमा प्रचलित एक तामांग सेलोलाई पनि भर्खरै बजारमा लिएर आएका छन् ।

राष्ट्रको अभिन्न अंगको रुपमा कलाकारहरुले आफ्नो कला यात्रा अगाडी बढाईसके पछी कुनै पनि भूभागका संस्कृतिलाई प्रस्फुट गर्न सक्नुपर्छ भन्ने मान्यता राख्ने हेमन्तको उक्त गीत “नक्कली कान्छी” बोलको रहेको छ । गीतको म्युजिकमा रसाइली आफ्नै तामांग भेषमा देखिएका छन् ।उनि आफ्नै लय, शब्द र स्वरमा सजिएको यस गीतको म्युजिक भिडियोलाई बिक्रम काउछा मगरले छायांकन गरेका हुन् भने सम्पादन गौरव योन्जन दिलिपले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया