यतिबेला आगामी मिस नेपाल छनौटका लागि यतिबेला धमाधम अडिसनहरु चलिरहेको छ । यस बर्षको मिस नेपाल फाइनलमा नपुग्दै बिवादमा आयो । प्रतियोगितामा भाग लिन गएकी अस्मिता महर्जनलाई जज रचना गुरुङ शर्माले मेकअप गरी किन नआएको , चस्मा किन लगाएको , मेकअप गर्न नआउने तर मिस नेपालमा आएको भन्दै प्रश्न गरेको भिडियो भाइरल बनेपछि रचना गुरुङको मात्र होईन मिस नेपाल आयोजककै खुबै आलोचना भयो । रचना गुरुङमाथि सामाजिक सञ्जालमा यति गाली बर्सिए की उनी ट्रोलको शिकार नै बनिन् । यता मिस नेपालको गरिमामाथि नै ठुलो प्रश्नचिन्ह पनि उठाईयो ।

यस बिषयमा अस्मीता र रचना दुबैले स्पष्टीकरण दिएका छैनन तर अध्याधिक आलोचना भएपछि मिस नेपाल आयोजक ‘द हिडन ट्रेजर’ ले भने विज्ञप्ति नै सार्वजनिक गरी कुनै पनि प्रतिष्पर्धीलाई होच्याउने काम नगरिएको बताएको छ । भारइल भिडियोबारे स्पष्टीकरण दिँदै आयोजकले प्रतिस्पर्धीहरुलाई होच्याउने, मानहानि हुने काम नगरिएको स्पष्ट पारेको छ । साथै विज्ञप्तिमा सार्वजनिक भिडियोको आधा भाग मात्र हेरेर नकारात्मक टिकाटिप्पणी नगर्न समेत आग्रह गरिएको छ ।

मिस नेपाल प्रतिष्पर्धा एउटा जाँच नै हो । जसमा प्रतिस्पर्धीको बौद्धिक क्षमता, आत्मविश्वास, बाहिरी सुन्दरता लगायतका हरेक कुराहरुको जाँच लिइने गरिन्छ । विज्ञप्तिमा भनिएको “यसपालीको अडिसनमा पनि यस्तै विधी अपनाइएको थियो । उनी (अस्मिता)यसमा खरो उत्रिइन् र छनोट पनि भइन् ।” सामाजिक सञ्जालमा भिडियो भाईरल भएसंगै आएका प्रतिक्रियाहरुलाई समेत आयोजकले सकरात्मकरुपमा नै लिएको स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया