काठमान्डौ ।
अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको प्रथम साधना म्यूजिक अवार्डका लागी नेपाल लोक स्टार द्वारा सहयोग गर्ने भएको छ । कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागी नेपाल लोक स्टारको आयोजक चाहना मिडिया प्रालीले सहयोग गर्ने प्रतिवद्धता समेत गर्ने भएको छ ।

प्रथम साधना म्युजिक अवार्डका लागी नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिताका लागी हाल धमाधम फारम वितरण भै रहेको सामना म्युजिक क्रियसन कि अध्यक्ष सामना शाहले बताउनुभयो ।

गायक गायिकाको हक मा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने भएका छन । फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १० गते सम्म भर्न सक्ने ब्यावस्था मिलाइएको छ । आबेदन फारम अनामनगर स्थित सामना म्यूजिक क्रियसन प्रा लि को कार्यालयमा बाट प्राप्त गर्न सकिने भएको छ । साथै फोन नं ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सामना म्यूजिक क्रियसन प्रालीका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।,

तपाईको प्रतिक्रिया