हावाहुरीबाट प्रभावित पर्साका ४३ परिवारलाई आमा बुवा ट्रस्ट काठमाडौं र माटिका आई फाउन्डेसन बिरगंजले राहत उपलब्ध गराएको छ । हुरीबाट प्रभावित वीरगंज महानगरपालिका वडा नम्वर १८ भवानीपुर टोल सुखचैनाका ४३ घर परिवारलाई घर घरमै पुगेर राहत वितरण गरिएको हो ।
पीडितहरुलाई प्रेसरकुकर, थाल, कराई, तशला लगाएत भान्साका सामाग्री वितरण गरिएको आमाबुवा ट्रस्टकी अध्यक्ष जोया श्रेष्ठले बताउनुभयो ।
समाज सेवामा सहयोग गर्दै आएकाहरू दावा शेर्पा, नयन डिसे, चिराक तामाङ, महेश रावल, ज्ञानु चक्रधर, धुर्व लामिछाने, निकेश खड्का, पुष्पन प्रधान, अर्चना श्रेष्ठ, स्टेफन थाईमन, प्रकाश हमाल, फ्रेन्च चाइस्का, सरिता बस्नेत, डा. केसव सिह धामी, डा. सतिस, डा. बिबेक, सुहाना ताम्राकार, आकाश नेपालले राहत सामाग्री प्रदान गर्नुभएको थियो ।
पीडितका लागि भनेर राहत सामाग्री प्रभावित गाउँमा पठाइए पनि वितरण प्रभावकारी नभएपछि स्थानीय प्रशासनको सहयोगमा दुवै सस्थले पीडितहरुकै घरघरमा पुगेर राहत हस्तान्तरण गरेको ट्रस्टका उपाध्यक्ष दिपेश श्रेष्ठले बताउनुभयो । कार्यक्रममा नेविसंघका दिलिपराज कार्की, वडा प्रहरी कार्यालयका श्रीपुरका प्रहरी निरीक्षक चक्र मल्ल, संचारकर्मी आबिद हुसेन राधेश्याम पटेल लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया