लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत ”पिँडालु”सार्वजनिक भए लगत्तै सर्वप्रिय भएको छ । गीतले टिकटक लगाएत सामाजिक सञ्जालमा उच्च प्रशंसा पाएको छ भने भिडियो यो समाचार तयार पारीन्जेल सम्म युट्युबको ट्रेन्डिङ नम्बर ६ मा आइसकेको छ । तेजस रेग्मीकै शब्द संगीत रहेको डान्सिङ प्याटर्नको गीत युट्युब मार्फत सोमबार सार्वजनिक गरिएको थियो । सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङमा स्थान बनाउँदै गीत चर्चा बटुल्न सफल भएकाे थियो । इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत बिशुद्द लोक संस्कृति झल्काउने खालको भएकाले नै दर्शक श्रोताहरुले मन पराएको इनाक्षी इन्टर्टेन्मेन्टका निर्देशक राम प्रसाद कंडेलले जानकारी दिए ।
चर्चित एवं ख्यातीप्राप्त निर्देशक शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बिक, तेजस रेग्मी र भद्रगोलकी रक्षा श्रेष्ठ फिचर्ड छन । भिडियोमा रामेश्वर कार्कीको छायाँकन रहेको छ । साथै दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन् ।

गीतले सवर्त्र प्रशंसा पाएपछि आफुहरुलाई हौसला मिलेको निर्माण टिमले जानकारी दिएको छ । यस अघि पनि इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत आएका गीतलाई दर्शकले अत्याधीक मन पराएका थिए।

तपाईको प्रतिक्रिया